विनोद चौधरी पुगे हिँउ चितुवा सम्मेलनमा



नेपालका अर्बपति विनोद चौधरी हिउँचितुवा सम्मेलनमा भाग लिन किर्गिस्तानको विस्केक पुगेका छन् ।

किर्गिस्तानका राष्ट्रपति अल्मज्बेक अतम्बएभको आह्वानमा सरकार प्रमुखहरुको दोस्रो हिउँचितुवा सम्मेलन विस्केकमा भइरहेको छ । चौधरी व्यवसायीहरुको नेतृत्व गर्दै विस्केक पुगेका हुन ।



हिउँ चितुवा संरक्षणका लागि कार्ययोजना तयार गर्न १२ मुलुकका सरकारप्रमुखसहित सरकारी अधिकारी, विशेषज्ञ, सहयोगी संस्थाका अधिकारीहरु भेला भएका हुन् । हिँउचितुवा संरक्षणसम्बन्धी भेला भदौ ८ र ९ मा किर्गिस्तानको विस्केकमा भइरहेको छ ।



भेलामा हिउँ चितुवा संरक्षणमा सर्वसाधारणलाई सचेत गराउन सिर्जनशील कार्यक्रमसम्बन्धि पनि छलफल भइरहेको छ । गत माघमा काठमाडौंमा हिउँ चितुवा पाइने मुलुकका मन्त्रीहरूको बैठक भएको थियो ।



 

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics