वर्षाले दैलेखमा घर भत्कियाे, १ को मृत्यु २ घाइते



अविरल परेको वर्षाले दैलेखमा विहिवार राति घर भत्किँदा एक जनाको ज्यान गएको छ भने दुई घाइते भएका छन् ।

दैलेख सदरमुकामको त्रिभुवन मावी अगाडि रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका ११ जुफियाकी ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो भने सोही ठाउँकै ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएका छन् । घाइते दुईको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ ।

यस्तै वर्षाले नारायण नगरपालिकामा रहेका ६ वटा कच्ची घर भत्किएका छन् । नारायण नगरपालिका वडा नं १ का पूर्णबहादुर श्रेष्ठ र तारा खड्का, वडा नं ८ का भक्तबहादुर कार्की, वडा नं २ का रेशम थापा, गोपालसिंह थापा र खगेन्द्र थापाको घर भत्किएको प्रहरीले जनाएको छ ।

रातको समयमा घर भत्किएको र ठूलो वर्षा भएका कारण धेरै क्षति भएको प्रमुख जिल्ला अधिकारी प्रदिप ढकालले बताए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics