हँसाउने कलाकार बाढी पीडितलाई मल्हम लगाउँदै



कलाकारहरू हसाउँदैनन् मात्रै रुवाउँदैनन्  मात्रै पनि । अप्ठ्यारो परेको बेलामा पीडितहरुलाई मल्हम पट्टी लगाउने काम पनि गर्छन् । यस्तै बाढी पीडितहरुलाई मल्हम पट्टि लगाउने काम गरेका छन्, सिस्नोपानी नेपालका कलाकारहरूले । मनोज गजुरेल, लक्ष्मण गाम्नाङे लगायतका हास्य कलाकारहरूले विभिन्न संस्थाहरूको सहकार्यमा बाढी पीडितलाई राहत वितरण गरेका छन् ।



रौतहटको गौर नगरपालिका बाट पाँच किलोमिटर टाढा पर्ने वर्मजिया र चपुरमा उनीहरूले राहत वितरण गरेका हुन् । उनीहरूले करिब ६ सय पीडित परिवारमा खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री वितरण गरेका छन् ।



सिस्नोपानी नेपालका तर्फबाट मनोज गजुरेल, पाठशाला नेपाल फाउण्डेशनका तर्फबाट टंक आचार्य हलेसि डेकोरका तर्फबाट हेमराज कार्की, सुमित व्याग उद्योगका तर्फबाट लक्ष्मी मिश्र, बराल ग्रुप अफ कम्पनीका तर्फबाट रमेश बराल लगायत अन्य संस्थाहरूले सो राहत वितरण गरेका हुन् ।



बागमतीको नदीको बाँधका कारण डुबानमा परेको यो क्षेत्रमा अन्य कुनै संस्थाबाट राहत नपुगेको स्थानीय प्रशााशनबाट थाहा पाएपछि उक्त ठाउँमा राहत वितरणमा पुगेको बराल ग्रुप अफ कम्पनीका सञ्चालक रमेश बरालले जानकारी दिए । बाढीको चपेटामा परेर पीडित बनेका यस ठाउँका मानिसहरूले केही भए पनि राहतको महसुस गरेका थिए ।







 

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics