उर्जा विकास हुन्छ : प्रधानमन्त्री

फाईल फाेटाे


प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणकाे जानकारी गराउँदै देशमा उर्जाकाे विकास हुने बताएका छन् ।

व्यवस्थापिका संसद्को आज (सोमबार) को बैठकमा बोल्दै देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको जानकारी दिए ।

उनले मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराए।

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताए।

प्रधानमन्त्री देउवाले थप नयाँ स्थानमा प्रसारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउने र त्यसको कार्यान्वयनमा जोड दिनेतर्फ नेपाल र भारत सहमत भएको जानकारी दिए ।

साथै प्रधानमन्त्री देउवाले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्टरुपमा विषयवस्तु राखेको बताए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics