उत्तर कोरियाले गर्‍यो जापानी आकाशमा क्षेप्यास्त्र प्रहार



उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानमा खसेको छ । मंगलवार प्रहार गरिएको क्षेप्यास्त्र उत्तरी जापान हुँदै समुद्रमा खसेको छ ।

पछिल्लो समय उत्तर कोरियाले जापानतर्फ लक्षित थुप्रै क्षेप्यास्त्र प्रहार गर्ने गरेको छ । तर, जापानको आकाशमाथि क्षेप्यास्त्र प्रहार भएको बिरलै पाइन्छ ।

उत्तर कोरियाले जापानमा लक्षित गरी क्षेप्यास्त्र प्रहार गरे पछि आफ्ना जनतालाई सुरक्षित बस्न अग्रह गरेको थियो । जापानले उक्त क्षेप्यास्त्र रोक्न कुनै प्रयास भने गरेन ।

गत शुक्रवार र आइतबार पनि उत्तर कोरियाले तीन छोटो दुरीको मिसाइल आफ्नो पूर्वी तटबाट समुद्रतर्फ प्रहार गरेको थियो ।

पछिल्लो समय उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहेकोमा कोरियाली प्रायद्वीपमा तनाव थपिने विश्लेषकहरुले बताउँदै आइरहेका छन् ।

(बीबीसीको सहयोगमा)


याे पनि पढ्नुहाेस्

नागासाकीमा ७२ वर्षअघि झरेको त्यो बम !

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics