बाढीले बगाएको अर्को पनि गैंडा भेटियो

फाइल फाेटाे


बाढीले बगाएर भारत पुगेको गैंडा लिन चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोली आज (मंगलबार) बिहानै भारत गएको छ ।

भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाली गैंडा देखेपछि खबर गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

नेपाल भारत सीमाभन्दा पाँच किलोमिटर पर बयस्क गैंडा देखिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

गैंडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन् ।

यसअघि गैंडाको उद्धारमा खटिएको उक्त टोलीले दुई बच्चा गैंडा (केटो) सहित छ वटा गैँडाको उद्धार गरेको थियो ।

तीमध्ये पाँच गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ भने एउटा केटो मात्र तीन महिनाको सानो भएकाले संरक्षण गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics