महिला सहभागिता बढाउन छलफल



वन तथा वातावरण क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने विषयमा राजधानीमा दुईदिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रीय प्रकृति संरक्षण संघले आयोजना गरेको छलफल कार्यक्रममा राष्ट्रिय किसान महासंघ, घरेलु उद्योग महासंघ, सामुदायिक वन महासंघ, पारिवारिक निजी वन संघ लगायत वन र कृषि सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी संलग्न रहेका थिए ।

वन उद्योग र उपयोगितामा महिलाको सहभागिता गराउन यस किसिमको छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफलमा वन वातावरण क्षेत्रमा कसरी महिलाको सक्रियताको साथ अघि बढ्ने, वन तथा वातावरणको क्षेत्रमा कस्ता नीति नियम निर्माण गर्ने भन्ने विषयमा कुराकानी भएको पारिवारिक निजी वन संघका अध्यक्ष जोगराज गिरीले जानकारी दिए ।

कार्यक्रममा सवाह नेपालले महिलाद्वारा सञ्चालित वन र कृषि उद्यम सम्बन्धी प्रस्तुति प्रस्तुत गरेको थियो । साथै कार्यक्रममा वन तथा कृषि क्षेत्रमा भएका नीतिगत समस्या, महिलाद्वारा सञ्चालित उद्यमका चुनौती, अवसर लगायतका विविध विषयमा प्यानल छलफल भएको थियो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics