मध्यरातमा पानीपर्नुको कारण ‘क्युमुलोनिम्बस’ बादल



काठमाडौं उपत्यकामा मध्यरातमा मेघगर्जनसहित ठूलो वर्षा भएको छ । मध्यरातमा पानी पर्नुको कारण 'क्युमुलो निम्बस' बादल भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका मौसमविद् सुवास रिमालका अनुसार देशको मुख्यतः मध्य पहाडी भू भागमा 'क्युमुलो निम्बस' बादल विकास भएको छ । यो बादलमा मेघ गर्जन्छ र केही स्थानमा ठूलो पानी पर्न सक्छ।

केहिदिन देखि निष्क्रिय भएको मनसुन सक्रिय भइरहेको छ । मौसमविद् रिमालले भने, 'यो क्रम अझै केही दिन चलिरहन्छ ।' मनसुन अवधि बाँकी रहेकाले हल्का र मध्यम स्तरको वर्षा हुनु स्वभाविक पनि मानिन्छ ।

मनसुनको अवधिमा जलवाष्प धेरै मात्रामा हुने हुँदा यो बादलले कहिलेकाहीँ लगातार रूपमा ५ / ६ घण्टा सम्म पानी परि रहन पनि सक्छ। ठूलो वर्षा गराउने बादलको रूपमा चिनिने यो सबैभन्दा बाक्लो बादल हो। यसको मोटाई १० किलोमिटर भन्दा बढी हुन्छ। यो पृथ्वीको सतहबाट थोरै माथिदेखि १५ किलोमिटर माथिसम्म फैलन्छ।

काठमाडौं उपत्यकामा मात्रै गएराति ५५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले पहाडी क्षेत्रको काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र तराईको झापा, मोरङ, सुनसरी, सप्तरी आसपास भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन अनुरोधसमेत गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics