कागेश्वरी मनहरा नगरपलिकाले ल्यायो नगर बस सञ्चालनमा



कागेश्वरी मनहरा नगरपलिकाले नगरपालिकाभित्र नगर बस सञ्चालनमा ल्याएको छ । नगरपालिकाले नगरभित्र यात्रुहरुलाई सहजता प्रदान गर्न नगर बस सञ्चालनमा ल्याएको नगरपालिकाका मेयर कृष्णहरी थापाले जानकारी दिए ।

नगरपालिकाले बिहीबारबाट २ वटा नगर बस सञ्चालनमा ल्याएको छ । यस्तै आगामी असोज १ बाट अरू २ बस थप गरी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।



सञ्चालनमा आएका बस नगरपालिकाको कार्यालयबाट मुलपानी हुँदै थली बाट सोही रुट फर्कने छ भने आगामी असोजबाट सञ्चालनमा आउने २ थप बस गागलफेदीबाट नगरपालिकाको कार्यालयसम्म सञ्चालन हुनेछ ।

नगरपालिकाभित्र सञ्चालित उक्त बसले सहुलियत दरमा नै यात्रुलाई सुविधा दिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक यात्रु बराबर १० रुपैयाँमात्र भाडा दर कायम गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics