नारायणगढ मुग्लिन सडक खण्डको ५० मिटर सडक भासियो

फाइल फाेटाे


बुधबार बेलुकादेखि परेको पानीले नारायणगढ मुग्लिन सडकखण्डको ५० मिटर सडक भासिएको छ । सडक भासिएपछि सवारी आवागमन पुर्णरुपमा अवरुद्ध बनेको छ ।

इच्छाकामना गाउँपालिका नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएपछि सडक अबरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ । सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics