मनसुन सक्रिय, पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना

 

मनसुन केही दिन सक्रिय रहने मौसमविदहरुले बताएका छन् । मध्य र पूर्वी क्षेत्रमा मध्यम वर्षा हुने र पश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रका नदी तथा खोलामा बाढी आउने अनुमान छ ।

चुरे र महाभारतबाट बहने खोलानालामा पानीको सतह बढ्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्मका कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायत नदीमा बाढी आउन सक्ने सम्भावना हुँदा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।



यो साता बुधबार उपत्यकाको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको थियो । सोमबारदेखि बुधबारसम्म अधिकतम तापक्रम लगातार वृद्घि भइरहेको थियो । तापक्रम वृद्धी, स्थानीय मौसम प्रणाली र विहारको आकाशमा भएको न्यूनचापीय रेखाको सक्रियता र पश्चिमी वायुको प्रभावले बुधबार रातिदेखि नै गर्जनसहित वर्षा भएको छ । महाशाखाका अनुसार बुधबार राति मात्रै उपत्यकामा ५५ मिलिमिटर वर्षा भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics