समृद्ध नेपालको निर्माणमा पर्यटन र कृषि क्षेत्रको विकास अावश्यक

फाइल फाेटाे


अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको १८ औँ वार्षिक साधारण सभालाई शुक्रवार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री कार्कीले स्थानीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउन जलस्रोत, पर्यटन र कृषि क्षेत्रको विकास गरिने बताए ।

कार्कीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकार लागि परेको बताए ।

कार्यक्रममा उनले प्रदेश सभा र प्र्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि मुलुक राजनीतिक स्थिरतामा अग्रसर हुने विश्वास पनि व्यक्त गरे । राजनीतिक स्थिरतासँगै नेपालकाे आर्थिक विकास हुने र विकासका लागी जलस्रोत, पर्यटन र कृषि क्षेत्र प्रमुख रहेकाे उनले प्रष्ट्याए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics