आर्थिक सम्बृद्धीका लागि कृषि वन



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कृषि वनबाट आर्थिक समृद्धिको सम्भावना रहेको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले शनिवार राजधानीमा स्थानीय तहमा निर्र्वाचित फेकोफनका पूर्व तथा वर्तमान राष्ट्रिय कार्य समितिका जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उजाड वन क्षेत्रलाई कृषि वनको रूपमा विकास गरेर लाभ लिन सकिने बताए ।

‘माटोको परीक्षण गरी रोपेर कृषि वन बनाउन सकिन्छ । आँप, स्याउ, लिची, कागती लगायतका फलपूmल रोपेर कृषि वनबाट लाभ लिनसक्छौं’, उनले भने ‘बोट बिरुवाको स्वामित्व सरकारको र उत्पादित फलफुल वा बालीमाथिको अधिकार उपभोक्ताले लिन पाउने गरी कृषि वनको व्यवस्थापन गर्न सकिन्छ ।’

यस्तो वनमा विगतमा झैं आवश्यकता अनुसार बेल खयरघारीका साथै जडिबुटी खेतीका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

ओलीले वन क्षेत्रबाट प्रत्यक्ष र परोक्ष रूपमा ५० लाखले रोजगारी पाउन सक्ने सम्भावना रहेको बताए ।

जनताले संरक्षण गरेको वनको जति प्रशंसा गरे पनि नपुग्ने भन्दै सामुदायिक वन, वातावरण, पशुपंक्षी, इको सिस्टमको सुरक्षामा सक्रिय हुन आग्रह समेत गरे ।

कार्यक्रममा दाङ्ग तुलसीपुरका मेयर घनश्याम पाण्डेले अबको सामुदायिक वनको अधिकार रक्षाको लागी गाउँ गाउँ सम्म पुर्‍याउन अव सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका नेता तथा कार्यक्रर्ताहरु लाग्न जरुरी रहेको बताए । यस्तै आर्थिक सम्वृद्धी ल्याउन वनको दिगो विकास मार्फत आउन जरुरी रहेको र अव सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको समन्वय र सम्पर्क गर्न स्थानीय सबै तहमा पुगेर अगाडी वढन जरुरी रहेको कुरा अवगत गराएका थिए ।

उनले सामुदायिक वनको साथमा सधैँ रहने प्रतिबतद्धता जनाए । उनले भने ‘तपाईहरु वन र वातावरणको संरक्षण लाग्नुस् । सामुदायिक वन मोडल वन हुनुपर्छ । एमाले तपाईँहरूको साथमा सधैँ हुन्छ ।

कार्यक्रममा फेकोफनका अध्यक्ष गणेश कार्कीले पनि आर्थिक समृद्धिका लागि सामुदायिक वन महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए ।

फेकोफनबाट ५७५ जनप्रतिनिधि निर्वाचित


स्थानीय तह निर्वाचनमा सामुदायिक वन उपभोक्ता महासङ्घमा आबद्ध ५ सय ७५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

महासङ्घका महासचिव भारती पाठकका अनुसार स्थानीय तहको निर्वाचनमा फेकोफनमा आबद्ध ७ सय ७५ जना निर्वाचनमा भएका छन् । महिलाको सङ्ख्या २ सय ४८, जनजाति ३ सय १८, दलित ६० र २ जना मुस्लिम निर्वाचित भएका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे,, डोटी सिलगडी नगरपालिकाकी मेयर मञ्जु मलासी, झापा, कन्काइ नगपालिका मेयर राजेन्द्र पोखरेल लगायतलाई एमाले अध्यक्ष ओलीले सम्मान गरेका थिए । वन क्षेत्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई वनको मात्र होइन, समाजकै अग्रगतिमा लाग्न ओलीले सुझाव समेत दिएका थिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics