नेपाल दूरसञ्चार प्राधिकरणले तीन जिल्लामा इन्टरनेट विस्तार गर्ने



ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को रकम उपयोग गरेर नेपाल दूरसञ्चार प्राधिकरणले तीन जिल्लामा इन्टरनेट विस्तार गर्ने भएको छ । प्राधिकरणले सुर्खेत, दैलेख र सल्यान जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार तथा इन्टरनेट पुर्याउन सेवा प्रदायकसँग आवेदन माग गरेको छ ।

प्राधिकरणका अनुसार छनोट हुने सेवा प्रदायकले यी तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेटका लागि आवश्यक नेटवर्क विस्तार गर्नुपर्नेछ । नेटवर्कसँगै ती जिल्लाका सार्वजनिक स्थान, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, गाउँपालिका तथा नगरपालिका कार्यालयमा इन्टरनेटसमेत सोही सेवा प्रदान गर्नेछ । छनोट भएको एक वर्षभित्रै यो काम सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्राधिकरणले यसअघि पनि देशका दुई दर्जन बढी जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार र इन्टरनेट पु¥याउने प्रक्रिया अघि बढाइसकेको छ । देशैभर ब्रोडब्यान्ड ५१२ केबीपीएस गतिको इन्टरनेट पुर्याउने सरकारी योजना अनुसार प्राधिकरणले इन्टरनेट विस्तार प्रक्रियालाई अघि बढाएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics