उत्तर कोरियाले गर्‍यो अहिलेसम्मकै शक्तिशाली मिसाइल परीक्षण



उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्रमा राख्न सकिने परमाणु हतियारको सफल परीक्षण गरेको दाबी गरेको छ ।

भूगर्भविद्हरुले उत्तर कोरियामा भूकम्प मापन गरेको केही घण्टापछि आफ्नो छैटौँ परमाणु परीक्षण ‘पूर्ण सफल’ भएको जनाएको हो ।

उत्तर कोरियाले आफूहरूले हाइड्रोजन बम परीक्षण गरेको बताएको छ । यो परमाणु बमभन्दा कयौँ गुणा शक्तिशाली हुन्छ ।

विज्ञहरुले उत्तर का्रियाको दाबीलाई संयमताको साथ अध्ययन गर्नुपर्ने बताएका छन् । तर, उत्तर कोरियाको परमाणु क्षमतामा उल्लेख्य वृद्धि भएको स्वीकार भने गरेका छन् ।

दक्षिण कोरियाको सरकारी समाचार सेवा योनह्यापले उत्तर कोरियाले आइतबार परीक्षण गरेको परमाणु बम जापानको नागासाकी सहरमा सन् १९४५ मा खसालिएको बमभन्दा चारदेखि पाँच गुणा शक्तिशाली भएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

उत्तर कोरियामा आइतबार ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प मापन गरिएको र उक्त भूकम्प अप्राकृतिक भएको दक्षिण कोरियाको मौसम विभागले जनाएको थियो ।

अमेरिकी जियोलोजिकल सर्भेले सुरुमा ५.६ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराईमा आएको रिपोर्ट सार्वजनिक गरेको छ । पछि त्यसलाई बढाएर ६.३ म्याग्निच्युड बनाइएको थियो । यसको केन्द्रविन्दु ० किलोमिटर तल भएको बताइएको थियो । यसले यो परीक्षण अहिलेसम्मकै शक्तिशाली भएको बताइएको छ । (एजेन्सीकाे सहयाेगमा)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics