बाख्रा खान पल्केको चितुवा पासोमा



झापाको गौरादह नगरपालिका ९ मा एक महिनादेखि स्थानीयको बाख्रा खान पल्केको चितुवा पासो थापि नियन्त्रणमा लिइएको छ ।

एक महिनादेखि स्थानीयलाई दुःख दिँदै आएको चितुवा वडा कार्यालयले बनाएको पासोमा आइतबार बिहान पौने पाँच बजे परेको थियो ।

चितुवा आतंकले हैरान बनेका स्थानीयको गुनासोेपछि वडा कार्यालयले स्थानीय संथाल जातीको सहयोगबाट पासो बनाएको थियो । फलामको पासोमा दुई कोठा बनाइएको र एउटा कोठामा बाख्रा राख्ने गरिएको थियो । बाख्रा खान पछाडिको ढोका बाट प्रवेश गर्दा त्यहा राखिएको फलामको प्लेटमा टेक्ने बित्तिकै ढोका खस्ने र बन्द हुने गरी पासोको निर्माण गरिएको पासोमा आइतबार बिहान चितुवा परेको थियो ।

पासोमा परेको चितुवालाई स्थानीयको सहयोगमा जिल्ला वनकार्यालयको टोलीले झापाकै सुरुङगामा रहेको जमुनखाडीमा पुर्याएको छ।

जिल्ला वनअधिकृत बोधराज सुवेदीसहितको टोलीले पासोमा परेको चितुवा वन्यजन्तु आरक्षण केन्द्रमा लगेका हुन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics