बाढीपछि हराएका चार बाह्रसिंगे मध्ये एउटा भेटियो



चितवन राष्ट्रिय निकुञ्जमा बाढीमा परेर हराएको चारवटा बाह्रसिंगेमध्ये एउटा बाह्रसिंगे भेटिएको छ । गत साउन अन्तिमसाता आएको बाढीमा निकुञ्जको पूर्वी सेक्टर पदमपुरको खुल्ला खोरबाट बाढीमा परि चार बाह्रसिंगे हराएका थिए ।

निकुञ्जले बाढीका कारण खुलाखोर भत्किएपछि बाह्रसिंगे हराएको जानकारी दिएको थियो । निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार निकुञ्जमा अनुगमन गर्दा एउटा बाह्रसिंगे भेटिएको हो भने अन्य तीन वटाको अवस्था पत्ता लगाउन सकिएको छैन ।

बाढीले खुला खोरको तारजाली भत्काएकाले त्यहीबाट बाह्रसिंगे हराएको अनुमान निकुञ्जले गरेको छ। निकुञ्जका सुचना अधिकारी अर्यालले भने, ठूलो क्षेत्र भएकाले बाढीको बेलामा अन्य भूभागमा गएका हुनसक्छन् ।

चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो। त्यसमध्ये तीन वटा यसअघि नै मरिसकेको छ। चार वटा बाँकी रहेका बाह्रसिंगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो। तर अनुगमनमा एउटा फेला परेको हो।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics