एनआरएन तान्जानियामा थापा



गैर आवासीय नेपाली संघ तान्जानियाको अध्यक्षमा रोशन थापा निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनमा उपाध्यक्ष प्रेम गुरुङ र विनोद पटेल, महासचिवमा पुष्पराज भट्टराई, सचिवमा वसन्त उप्रेती, कोषाध्यक्षमा गोपाल राजन, महिना संयोजकमा अञ्ज तामाङ, युवा संयोजकमा दीपक लामिछाने निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा दिपेन्द्र साउद, राम चौधरी, रोशनराज घिमिरे, कृष्ण सुनार, दिनेश प्रजापति र कल्पना थापा निर्वाचित भएका छन् ।

संघको अन्तर्राष्ट्रिय समवन्य परिषद् सदस्यमा सञ्जीत थापा निर्वाचित भएका छन् ।

अफ्रिकी मुलुक तान्जानियामा विभिन्न कामका लागि नेपालीहरू जाने क्रम बढिरहेको छ । तान्जानिया पुगेर अप्ठ्यारोमा परेका नेपालीका समस्या समाधानमा संघले निरन्तर पहल गरिरहने अध्यक्ष थापाले बताएका छन् । थापाले यसअघि पनि अध्यक्षका रूपमा काम गरिसकेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics