पाँच दिन अघि भारतमा देखिएकाे गैंडा हरायाे



पाँच दिन अघि भारतमा देखिएको नेपाली गैंडा फेरी हराएको छ । गत साउन अन्तिम साता आएको बाढीमा बग्दै भारत पुगेका गैंडाको अहिले धमाधम उद्धार भइरहेको छ । गैंडा उद्धारमा खटिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अधिकारीले भने, “पाँच दिन अघि भारतको जतारामा स्थानीय बासिन्दाले देखेको गैंडा भने अहिले फेरी देखा परेको छैन ।”

गैंडा लामो दूरी सम्म ओहोरदोहोर गर्ने भएकोले एउटै गैंडा धेरै ठाउँमा देखिने सम्भावना हुन्छ । अर्यालले भने ‘स्थानीयले  दुईवटा गाउँमा गैंडा देखिएको थियो भनेर खबर गरेका थिए । एउटा गैंडाको उद्धार भएपछि अर्को गैंडा देखिन छोडेको छ’ ।

भारतबाटमात्रै  ७ वटा गैंडाको उद्धार


बाढीले बगाएर भारत पुगेको ७ वटा गैंडाको उद्धार गरिएको छ । छ वटा पोथी र एउटो केटोको उद्धार गरिएको हो । तीन दिन अघिमात्र भारत टाइगर रिजर्वको चुनभट्टी क्षेत्रबाट एक वयस्क पोथी गैंडा उद्धार गरिएको थियो ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics