२१ दिन पछि फर्कियो गैंडा उद्धार टोली



बाढीले गैंडा बगाएर भारत पुर्याएको खबर पाएपछि उद्धारका लागि गएको नेपाली टोली मंगलबार फर्किएको छ । गत साउन साउन ३१ गते बाढीमा बग्दै गैंडा भारत पुगेको सूचना पाएपछि गैंडा उद्धारका लागि टोली भारत गएको थियो । २१ दिनको यो अवधिमा बाढीले बगाएर भारत पुगेको ७ वटा गैंडा नेपाल फर्काइएको छ ।

भारतमा अन्य नेपाली गैंडा नदेखिएपछि टोली नेपाल फर्किएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उनले भने, 'तत्काल भारतमा नेपाली गैंडा देखिएको छैन । फेरी गैंडा देखिएको खबर पाए उद्धारका लागि जानेछौं ।'

गैंडा उद्धारका लागि वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा ४० जना प्राविधिकसहित अन्य कर्मचारी खटिएका थिए । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा विज्ञ अधिकारीसहितकाे टाेली उद्धारमा खटिएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics