तीन दिने कृषि व्यापार तथा लगानी प्रदर्शनी सम्मेलन हुने



लगानीकर्तालाई कृषि व्यवसायमा आकर्षित गर्न राजधानीमा कृषि व्यापार तथा लगानी प्रदर्शनी सम्मेलन–२०१७ हुने भएको छ ।

कृषि र आर्थिक विकासका लागि सार्वजनिक तथा निजी क्षेत्रमा व्यवसायिक रुपमा प्रवद्र्धन गर्नका लागि आगामी भदौ २९ देखि ३१ गतेसम्म तीनदिने सम्मेलन आयोजना गर्न लागिएको हो ।

मंगलबार राजभानीमा पत्रकार सम्मेलन गर्दै हाउस तथा राजकर्णिकार कम्पनीले सम्मेलन गर्ने जानकारी दिएको हो । मेलालाई कृषि विभाग, पशुपंक्षी विभाग, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कृषि व्यवसाय केन्द्र, नेपाल डेरी संघ, नेपाल चिया तथा कफी बोर्डले सहयोग गरेका छन् ।

व्यावसायिक कृषिका लागि प्राविधिक, वित्तीय जानकारी गराई मेलामा उपभोक्ता, विज्ञ, व्यवसायी, आयात तथा निर्यातकर्ताबीच ज्ञान र सीप बाँड्नका लागि आयोजना गरिएको मेलामा एक सय २० स्टल राखिने आयोजकले जनाएका छन् । स्टलमा कृषि, बागवानी, वनस्पती, पोल्ट्री, पशु र नगदे बालीका बारेमा जानकारी गराइने योजना रहेको आयोजकको भनाइ छ । मेलामा करिब ३० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics