एक सातादेखि महानगरमा थुप्रिएको फोहोर उठाउन थालियाे



उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आज (अाइतबार)बाट उठाउन सुरु गरिएको छ । काठमाडौ र ललितपुर महानगरपालिका तथा ओखरपौवाका स्थानीयवासीबीच ५ बुँदे सहमतिपछि फोहोर उठाउन शुरु गरिएको हो ।

महानगरले स्थानीयवासीसँग प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी औषधि केमिकल नियमित हाल्ने, फोहोरलाई व्यवस्थित तरिकाले विसर्जन गरी माटाले पुर्ने, स्थानीयवासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्‍याउन चार महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने लगायतका सहमति गरेपछि फोहोर उठ्ने भएको हो ।

फोहोरमैलाको व्यवस्थापन गर्न स्थानीय स्तरमा अधिकार सम्पन्न समिति बनाउने र समितिले मुआब्जालगायत अन्य मागबारेमा सम्बोधन गर्ने, सरकारले छुट्याएका मुआब्जा तत्काल विरतण गर्ने र काठमाडौं–ओखरपौवा सडकका खाल्डाखुल्डी पुर्नु पर्ने सहमतिसमेत भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics