दुई गैंडा मरे

फाइल फाेटाे 

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मरेका छन् । गत शुक्रबार दुईवटा भाले गैंडा जुध्दा एउटा बयस्क गैंडा मरेको र आइतबार बिहान दलदलमा फसेर अर्को गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार शुक्रबार सौराहा क्षेत्रमा दुई भाले गैंडा जुध्दा वयस्क भाले गैंडा मरेको हो । आइतबार बिहान दलदलमा फसेर मरेको गैंडाको भने शव परिक्षण गर्न बाँकी रहेको छ ।

अर्यालले भने, 'दलदलमा फसेको गैंडा लाई हात्तीको सहाराले शनिबार (हिजो) बेलुका दलदलबाट निकालिएको थियो । दलदलमा फसेर निकालिएको भएपनि त्यसलाई बचाउन सकिएन ।'

गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २०७३/७४मा सबैभन्दा धेरै २५ वटा गैंडा मरेका थिए । मृत्यु हुने २५ गैंडामा २१ प्राकृतिक कारणले ,२ वटा करेन्ट लागेर र २ वटा चोरी शिकारीबाट मरेका थिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics