वनमा विक्रम, विज्ञानमा बोहोरा



प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गरेकाे अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रिपरिषद्मा वन मन्त्री विक्रम पाण्डे भएका छन् । त्यस्तै विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा भएका छन् । देउवा सरकारले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएको छ ।

राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट मन्त्रिपरिषद् मा प्रवेश पाएका नवनियुक्त वन मन्त्री विक्रम पाण्डे, विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहोरा सहित उद्य्योगमन्त्री सुनिलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत सहभागी भएका थिए ।

देउवा सरकारको सर्वाधिक ठूलो मन्त्रीपरिषद्मा वनमन्त्री बनेका विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म भएका थिए। राप्रपाका तीन पटक केन्द्रीय सदस्य भएका पाण्डे २०७० सालमा महामन्त्री बनेका थिए ।

२०१५ साल वैशाख १२ गते लमजुङको राईनासमा जन्मेका पाण्डे चन्द्रराज र जीवकुमारी पाण्डेका छोरा हुन् । पाण्डेका दुई छोरा छन् ।

व्यवसायी उद्यमी समेत रहेका पाण्डे यस अघि भुमिसुधार तथा व्यवस्था मन्त्री भएका थिए ।

विज्ञान तथा प्रविधि मन्त्री बाेहाेरा भने यसअघि पटक पटक मन्त्री भइसकेका छन् । यस अघि एकपटक वनमन्त्रीसमेत भएका थिए ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics