संरक्षित क्षेत्रमा अहिले सम्मकै धेरै पर्यटक



संरक्षित क्षेत्रसंरक्षण क्षेत्रमा गत आर्थिक वर्षमा अहिले सम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत अर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४० हजार ९१ पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या संरक्षित क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी दुवै पर्यटकको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सूचना अधिकारी नारायण रुपखेतीका अनुसार भैतिक संरचना विकास, पर्यटक क्षेत्रमा लगानी बढेका कारण पनि पर्यटकको आकर्षणमा संरक्षित क्षेत्र पर्ने गरेको हो । आर्थिक वर्ष २०७२/७३ मा भने देशभरि पर्यटकको संख्या घटेर ३ लाख ८९ हजार २ सय २३ मात्रै थियो ।

सरकारी अधिकारीहरूले भूकम्पका कारण पर्यटकको संख्या घटेको जनाएका छन् । आर्थिक वर्ष २०७०/७१मा ५ लाख ५८ हजार ५ सय ७७ पर्यटक भित्रिएका थिए ।
आर्थिक वर्ष २०६७ /६८ साल देखी ४ लाख को हाराहारीमा पर्यटक नेपाल भित्रिन थालेका हुन् । आर्थिक वर्ष २०६८/६९ देखी २०७१/७२मा ५ लाख भन्दा बढी नै पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका थिए ।

शिवपूरी निुकञ्ज सबैभन्दा धेरै पर्यटकको भ्रमण

राजधानी नजिक रहेको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै पर्यटक भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०७३/७४मा शिवपूरी नागार्जुनमा गत आर्थिक वर्षमा २ लाख ५ हजार ७ सय ४७ पर्यटकले भ्रमण गरेका छन् ।

शिवपूरी नार्गाजुन पछि दोस्रोमा अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ४४ हजार ४ सय ९ पर्यटक पुगेका छन् ।

त्यस्तै तेस्रोमा चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्जमा १ लाख ३९ हजार एक सय २५ पर्यटकले भ्रमण गरेका छन् । बांके राष्ट्रिय निकुञ्जमा भने सबैभन्दा थौरै ४ जना मात्र पर्यटकले भ्रमण पुगेका छन् ।

त्यसै गरी, बर्दिया राष्ट्रिय निकुञ्जमा १७ हजार ९ सय ५९ , शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा २ हजार ६ सय ४०, कञ्चनजंघ संरक्षण क्षेत्रमा ४ सय ७९, अपिनाम्पा संरक्षण क्षेत्र १९, कृष्णसार संरक्षण क्षेत्रमा १७ हजार ६ सय ९७ , मनास्लु संरक्षण क्षेत्रमा ५ हजार ७ सय ४५ ले भ्रमण गरेका छन् । यसै गरी, गौंरीशंकर संरक्षण क्षेत्रमा २ हजार ७ सय ७० , ढोरपाटन शिकर क्षेत्रमा १ सय ६३, कोशीटप्पु वन्यजन्तु आरक्ष ११ हजार २ सय ५२, खप्तड राष्ट्रिय निकुञ्ज २६, मकालु बरुण राष्ट्रिय निकुञजमा १५ सय ३७, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा २ लाख ५७ हजार ४६ ले भ्रमण गरेका छन् । त्यस्तै, सगरमाथा राष्ट्रिय निकुञ्जमा ४५ हजार १ सय १२ , रारा राष्ट्रिय निकुञ्जमा २ सय १, पर्सा राष्ट्रिय निकुञ्जमा ४ सय १७ र लाङटाङ राष्ट्रिय निकुञ्जमा ८ हजार २ सय ५४ जनाले भ्रमण गरेका छन् ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics