बाढीले बगाएको दुई गैंडा अझै फर्केनन्

बाढीले बगाएर निकुञ्जबाट बाहिर पुगेको २ ओटा गैंडा चितवन राष्ट्रिय निकुञ्जमा फर्काउन सकिएको छैन । निकुञ्जबाट बाढीपछि हराएको गैंडा एउटा त्रिवेणी जंगलमा र अर्काे नवलपरासीको कठौना र चितवनकाे पदमपुर क्षेत्रमा देखिएको छ ।


यी दुई गैंडामध्ये नवलपरासी र चितवन ओहोर दोहोर गरिरहेको गैंडालाई तत्काल उद्धार गर्नु पर्ने छ तर पानीका कारण अहिले नै उद्धार गर्न नसकिने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।


निकुञ्जका सूचना अधिकारीले भने, 'एउटा गैंडा त्रिवणीको जंगलमा रहेको छ । यो गैंडा जंगलमै भएकाले तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन ।' त्यस्तै अर्काे गैंडा भने कठौना र पदमपुर आहोदोहोर गरिरहेको छ । यो गैंडालाई उद्धार गनुपर्ने छ तर पानीको कारण उद्धार गर्ने सकिएको छैन । अर्यालले भने, 'यो गैंडा असोजको दोस्रो हप्ता नभई उद्धार गर्न सम्भव देखिँदैन ।'


गैंडा यसरी आहोदोहोर गर्दा मानव र वन्यजन्तुबीच द्धन्द्ध हुने सम्भावना धेरै हुने गरेको छ । यसमा सतर्कता अपनाउनुपर्ने निकुञ्जको भनाई छ । यद्यपि यो गैंडाको सुरक्षाको राम्रो व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ ।


बाढीले भारतमा पुगेको सात वटा गैंडा उद्धार गरिएको छ ।  बाढीकै कारण निकुञ्जका दुई गैंडा मरेका थिए । चितवन निकुञ्जको एउटा केटो (बच्चा गैंडा) उद्धार गरिएको थियो । बाढीले बगाएपछि चितवन रष्ट्रिय निकुञ्जको गैंडाको यात्रा भारत सम्म पुग्यो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics