मन्त्री हुने बित्तिकै उपचारका लागि पाण्डे थाइल्याण्ड



वन मन्त्री भएको दोस्रो दिनमा नै विक्रम पाण्डे थाइलाण्ड प्रस्थान गरेका छन् । पेटको उपाचार गर्न पाण्डे चार दिनका लागि थाइलाण्ड गएका हुन् ।

पाण्डेले मन्त्रालयमा कर्मचारीहरुसँग पहिलो दिनमा कानुन प्रभावकारी कार्यान्वयन गर्न, सुशासन प्रवद्र्धन गर्न कर्मचारीहरूलाई सुझाव दिएका थिए । उनले काठको आयात घटाई निर्यात बढाउन जस्तोसुकै कठिन काम गर्न पनि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयको सूचना अधिकारी यज्ञनाथ दाहाले बताए ।

पाण्डेले राष्ट्र र जनताको हितमा र सेवामा रही कार्य गर्ने प्रतिबद्धता सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics