हिउँ चितुवा लोपोन्मुखबाट दुर्लभ प्रजाति



फाइल फाेटाे 

हिउँ चितुवा लोपोन्मुख प्रजातिबाट हटेको छ । अन्तर्राष्ट्रिय प्रकृति संक्षण संघ (आइयूसिन) ले हिउँ चितुवालाई दुर्लभ प्रजातीको सूचीमा राखेको छ ।

विज्ञहरुले तीनवर्षसम्म गरेको अध्ययन अनुसार हिउँचितुवा वृद्धि भएपछि लोपोन्मुख बाट हटाएर दुर्लभ प्रजातिमा राखिएको हो ।

हिउँ चितुवाको संख्या बढेपछि लापोन्मुखको सूचीबाट हटाइएको हो । तर संघको यो निर्णयप्रति असहमति जनाउने संरक्षणकर्मीको मत पनि बलियो छ । अहिले यो बहस अन्तर्राष्ट्रियरुपमै छ । संघले भने संख्या बढेपछि यसलाई लोपोन्मुखकै सूचीमा राखिरहन आवश्यक नभएको तर्क लामो समयदेखि गरिरहेको थियो । हालै सम्पन्न हिउँ चितुवा सम्बन्धी बैठकमासमेत यो मुद्दामा चर्को बहस भएको थियो । लोपोन्मुखबाट हटाएपछि हिउँ चितुवाको संरक्षणका लागि प्राप्त हुने रकम घट्न सक्ने भएकोले पनि यसबारे विश्वव्यापी बहस भइरहेको संरक्षणकर्मीहरुको भनाई छ ।

वन मन्त्रालयको जैविक विवधता तथा वातावरण महाशाखा प्रमुख डा. महेश्वर ढकालले अहिले नै सूचीबाट हटाउन आवश्यक नभएको बताए ।

ढकालले भने ,‘हिउँचितुवा एसियामा यति नै छ भनेर अध्ययन अनुसन्धान भएको छैन । अहिले नै हिउँचितुलाई लोपोन्मुखबाट हटाउनु आवश्यक थिएन ।’ यसले गर्दा द्वन्द्व, चोरीशिकारी लगायतका क्रियाकलाप बढ्न सक्ने र यसको संरक्षणमा झन् चुनौती थपिन सक्ने उनले बताए ।

प्रजाति तलमाथि गर्दा प्रजाति पाइने देशसँग परामर्शपछि मात्रै निर्णय गरिन्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन १९७२ मा पहिलोपटक हिउँचितुवालाई लोमन्मुख प्रजातिमा राखेको थियो ।

विश्वमा हिँउ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन ,काजकिस्तान , किरगिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

हिँउचितुवालाई संसारकै कठिन भूखण्डमा बस्छन् । नेपालमा हिउँचितुवा ३ सयदेखि ५ सयबीच रहेको अनुमान छ विश्वमा यसको संख्या ४ हजारदेखि ६ हजार ५ सयसम्म रहेको अनुमान छ । नेपालभरिमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको लागु उपत्यकामा हिउँचितुवो सबैभन्दा बढी घनत्व ९१०० वर्ग कि.मि.मा १०–१२ वटा हिउचितुवा पाइएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics