राहत संकलनमा सहयोग गर्नेलाई समृद्धि कलेजको सम्मान



बाढीले प्रभावित तराई क्षेत्रमा राहत उपलब्ध गराउने संस्था तथा व्यक्तिहरुलाई समृद्धि कलेजले सम्मान गरेको छ । सम्मान कार्यक्रममा कलेजले तराई बचाउ अभियानमा साथ दिएका विभिन्न संघ, संस्था, स्कुल तथा विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मध्यपुर थिमि नगरपालिकाको उपमेयर अन्जना मधिकर्मीले युवाहरुलाई सामाजिक कार्यमा लाग्न हौसला दिएकी छिन् । साथै उनले युवा विद्यार्थीहरुलाई समाज र देशको विकासको लागि सामाजिक ढंगले राजनितीमा लाग्न समेत आह्वान गरेकी छिन् ।

मधिकर्मीले समाजिक कार्य अध्ययनरत विधार्थीलाई समाज विकासको लागि समाजिक काम गदैं राजनितीमा लाग्न हौसला दिएकी हुन् । उनले आफुले सामाजिक काम गरेरै राजनितिमा प्रवेश गरेको दाबी गरिन् ।

समृद्धि कलेजका प्रमुख सन्दिप श्रेष्ठले सहयाेग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद तथा शुभकामना  दिएका थिए ।

समृद्धि कलेजका समाजिक संकाय प्रमुख रमेश विक्रम हमालले आउने दिनमा विपद रजोखिममा सहयोग गर्ने सहयोगी हातहरु सधैँका लागि तयार भएको बताए ।

क्वीक भाेलुन्टियर, पहिलो पाइला, नेपाल युवा संस्था संजाल (आयोन), स्वर्णिम साहारा र विकल्पका लागि आवाज नेपाल लगायतका संस्थालाई कायक्रममा सम्मान गरिएको थियो ।

उनीहरुले रौतहटको राजदेवी र सर्लाहीको मिर्चैयामा राहत वितरण गरेका थिए । राहतमा खाद्यान्नसहित कपडा र औषधिहरु वितरण गरेका थिए ।

कार्यक्रममाा राहत वितरण भिडियो पनि देखाइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics