प्रदेश नं १ मा पनि हर्न बजाउन नपाइने



आइतबरदेखि प्रदेश १ को ताप्लेजुङसहित १४ जिल्लालाई हर्न निषेधित क्षेत्र बनाइएको छ । स्थानीय प्रशाशनले गरेको निर्णय अनुसार अनावश्यक रुपमा सवारीसाधनका हर्न बजाउन नपाइने व्यवस्था शुरु गरेको हो ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो।

यो नियम लागू भएपछि मान्छे बोलाउनका लागि अनावश्यक रुपमा हर्न बजाउन पाइने छैन।

नियम पालना नगरे पहिलोपटक रु ५ सय, त्यसपछि क्रमशः रु एक हजार र रु एक हजार ५ सयसम्म जरिवाना गरिने पुर्वाञ्चल क्षेत्रिय ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

सामान्य अवस्थामा पनि चालकले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले यसलाई निषेध गर्न लागिएको हो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics