मनसुन पुनः सक्रिय, ठूलो वर्षाको सम्भावना छैन



निष्कृय मनसुन हिजो बेलुकीदेखि पुन सक्रिय बनेको छ । पुनः मौसम सक्रिय भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सीसम्मै देशभर सामान्य बदली रहने अनुमान छ ।

बंगालको खाडीमा हाल विकसित भइरहेको न्यून चापिय प्रणालीको प्रभावका कारणले मनसुनी वायु सक्रिय भएको हो । महाशाखाका मौसमविद् सुवास रिमालले भने 'विशेषगरि देशका पूर्व र मध्य भूभागमा गए राति हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ । सामान्यतया आज देशभरि बदलि भई धेरै स्थानमा हल्का वर्षा हुनेछ । पश्चिमी भेगका एकदुई स्थानमा मध्यम खालको वर्षाको सम्भावना देखिन्छ ।'

यो वर्षको मनसुनी अवधि करिब अन्तिम तिर आएको छ । मौसमविद् रिमालका अनुसार अझै केही समय नेपालमा मनसुन रहन्छ । सामान्यतय सेप्टेम्बर २३ सम्म सक्रिय रहने मनसुन यने वर्ष पनि निश्चित अवधिसम्म सक्रिय हुने देखिन्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics