नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का पदबाट बर्खास्त



सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदच्यूत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अनियमितामा संलग्न भएको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

मन्त्रीले मण्डलले लगेको प्रस्तावमा खड्काले निगमका लागि जग्गा खरिद गर्दा अनियमिता गरेको निगमभित्र गुटबन्दी गरेको र सरकारलार्इ असहयोग गरेको उल्लेख छ।

यसअघि संसदअन्तर्गतका विभिन्न समितिहरुले पनि खड्का अनियमितामा संलग्न रहेको ठहर गर्दै पदबाट बर्खास्त गर्न सरकारलार्इ निर्देशन समेत दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि आपूर्ती मन्त्री मण्डललार्इ महानिर्देशक खड्कालार्इ बर्खास्त गर्ने गरी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics