आणविक अस्त्र निषेध सम्झौतामा नेपालले हस्ताक्षर गर्ने



नेपालले संयुक्त राष्ट्रसंघीय आणविक अस्त्र निषेध सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको छ । संयुक्त राष्ट्र संघको ७२ औं महासभामा उक्त हस्ताक्षर गर्ने सरकारले जनाएको हाे । सोमबार बसेको मन्त्रीपरिषाद् बैठकले राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणापत्रमासमेत हस्ताक्षर गर्ने भएको छ ।

कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आणविक अस्त्र निशेषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नछन् । त्यसै गरी संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणामा हस्ताक्षर गर्न भने संयुक्त राष्ट्र संघका नेपालस्थित प्रतिनिधि दूर्गाप्रसाद भट्टराईलाई अधिकार प्रत्यायोजित गरिएको छ ।

संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको टोली मंगलबार न्युयोर्क प्रस्थान गर्दैछ भने उपप्रधानमन्त्री महरा टोली भने आइतबार नै अमेरिका प्रस्थान गरिसकेका छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics