जंगली बँदेलको आक्रमणबाट पाँच घाइते



जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना  घाइते भएका छन् ।

मंगलबार घर नजिकैको सामुदायिक वनबाट जंगली बँदेल बस्तीमा छिरेको थियो । बँदेलको आक्रमणमा परि शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षका सुरेन्द्र साउद, ४५ वर्षकी मनिता बोहरा, २० वर्षका मानबहादुर साउद, १८ वर्षकी जानकी बोहरा र ५८ वर्षका कल्याण बोहरा घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक लालमने जोशीले नेचर खबरलाई जानकारी दिए ।

बिहान ३ बजेतिर घरमै बसिरहेका बेलामा उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो ।

घाइते पाँचैजनाको कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics