जन्मदिन पारेर धुर्मुसले एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास



तस्बिर: धुर्मुस सुन्तली फाउण्डेशन

सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकीकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् ।

चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तलीं) को साथमा बस्तीकै १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्तरुपमा वस्ती शिलान्यास गरे ।

असोज ४ गतेबाट सुरु वस्ती निर्माण आगामी माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गर्ने तय भएको सीतारामले जानकारी दिए । वस्ती निर्माणका लागि ५ करोड ७५ लाख लागत लाग्ने अनुमान छ । परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्ड सहितको भूकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण गरिने भएको छ ।

गत साउनमा गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेपछि धुर्मुस राहतसहित सन्तपुर पुगेका थिए । यो गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिसबसोबास गर्दछन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics