मनसुनी न्यूनचापीय प्रणालीले देशभर बदली



उपत्यकासहित देशभरी विहिबार बदली भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अझै केही दिन मौसममा सुधार आउँदैन ।

बंगालको खाडीमा बनेको मनसुनी न्यूनचापीय प्रणालीको असरले  विहानैदेखि देशभर बदली भईरहेको छ । यो क्रम अझै केही समय चल्ने भएकाले विहिवार मौसम खुल्ने संभावना निकै कम रहेको मौसमविद् रिमालले जानकारी दिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics