नेपाल टेलिकमले धरहरा पुनर्निर्माण नगर्ने



टेलिकमले निर्माण गर्ने धरहराकाे डिजाइन स्केच

सरकारले लगानिको उपयूक्त वातावरण नबनाउँदा नेपाल टेलिकमले धरहराको पुनर्निर्माण नगर्ने भएको छ । टेलिकमले धरहराभित्र व्यवसायिक मल बनाउने गरी ७ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो । तर, सरकारले धरहराभित्र व्यवसायिक मल खडा गर्न नमिल्ने र खाली क्षेत्र छोड्नुपर्ने भन्दै टेलिकमको प्रस्तावलाई अस्वीकार गर्‍यो ।

यसैकारण टेलिकमले धरहरा पुनर्निर्माण नगर्ने जनाएकाे छ ।

तर, धरहरा निर्माण सहितका पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि १ अर्ब दिने प्रतिवद्धता भने कायमै रहेको जानकारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गराएको छ ।

सरकारले पुननिर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरिसकेको छ ।

धरहरा पुनर्निर्माण अन्यौलमा परेपछि पुनर्निर्माण प्राधिकरणले हालै मात्र टेलिकमलाई पत्र लेखेर धरहरा निर्माण गर्ने कि नगर्ने स्पष्ट जवाफ दिन आग्रह गरेको थियो ।

प्राधिकरणलाई दिने जवाफबारे छलफल गर्न बसेको बैठकमा टेलिकमका अधिकारीहरुबीच धरहरा पुनर्निर्माण नगर्ने निश्कर्षमा पुगेको स्रोतले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics