दशैंमा झरीको संकेत



सामान्यतया असोज पहिलोसाता सकिने मनसुन केही दिन लम्बिने भएपछि दशैंमा झरी पर्ने संकेत देखिएको छ । मनसुन अझै केही समय सक्रिय रहने मौसमविद्हरुले जानकारी दिएका छन् । मौसमविद् सुवास रिमालले भने, 'पानी पर्ने प्रणाली अझै सक्रिय छ ।'

जल तथा मौसमपुर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि पानी पर्ने क्रममा सुधार आउने देखिएको छ । मौसमविद् रिमालले भने, 'दशैं अवधिभर पनि मनसुन सक्रिय नै रहने हुँदा वर्षाको सम्भावना देखिन्छ ।'

महाशाखाले आइतबार दिउँसो पूर्वका धेरै स्थानमा ठूलो पानी पर्ने र देशका अन्य भूभागमा छिटफुट वर्षा हुने पुर्वानुमान गरेको छ ।

ग्लोबल मोडेलहरुले पनि सोमबारदेखि केही दिन मौसम सामान्य रहने र बुधवार देखि केही दिन मौसम पुन सक्रिय हुन सक्ने अनुमान गरेका छन्।

मनसुन सकिदा पानी पार्ने प्रणाली पाकिस्तानबाट हट्दै पूर्वतिर आउने गर्छ । तर अहिले नै मनसुन हट्ने अवस्थामा देखिँदैन । मौसमविद् रिमालले भने, 'मनसुन सकिनका लागि पश्चिमी वायु बलियो हुनुपर्छ । तर अहिले पूर्वी वायु सक्रिय छ ।'

गत वर्ष पनि मनसुनी अवधि सकिएको केही समय ढिला गरी मनसुन बाहिरिएको थियो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics