जलवायू परिवर्तनमा काम गर्ने छुट्टै निकाय



जलवायू परिवर्तन सम्बन्धी अध्यययन अनुसन्धानका लागि अधिकार सम्पन्न स्वतन्त्र निकाय स्थापना गर्न व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिले निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले जलवायू परिवर्तन अहिलेको चिन्ताको विषय भएको भन्दै यसको अध्ययनको लागि निकायको स्थापना गर्न र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समितिले बैठकमा कास्की जिल्लामा रहेको फेवातालको अतिक्रमणबारे अहिलेसम्म विभिन्न छानबिन समितिहरूले दिएको सुझावका आधारमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिले यसबारेमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, वन तथा भू–संरक्षण मन्त्रालय, संस्कृति मन्त्रालय, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो ।

यस्तै समितिले फेवाताल किनारमा सञ्चालन भइरहेका होटेल सञ्चालन र यसका समस्याको बारेमा अनुसन्धान गरी छिट्टै निष्कर्ष निकाल्ने जनाएको छ । फेवाताल किनारमा विभिन्न व्यक्तिहरुल जग्गा अतिक्रमण गरी होटेल सञ्चालन गर्दै आइरहेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics