दशैंसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड



दशैं बिदाको अवसरमा मनाङमा दैनिक १०० देखि २०० जनासम्म पर्यटक भित्रिएका छन् । नेपालीको माहान चाड दशैंसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो ।गतवर्ष आठ हजार आन्तरिक पर्यटकले भ्रमण गरेकामा यसवर्षको १५ दिनमा करिव सात हजार आन्तरिक पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण कार्यलयले जनाएको छ । गाडी रिर्जभ गरेर परिवार ,आफन्त र साथीसँग घुम्ने प्रचलन अहिले बढ्दो छ ।

प्राकृतिक सौन्दर्य, आग्ला अग्ला हिमशृंखला, हिमताल झरना र विशेष गरेर विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न पनि मनाङमा आन्तरिक पर्यटकको ओहिरो लागेको हो । पर्यटकको अत्यधिक चापका कारण होटलमा कोठा अग्रिम बुकिङ गरेर आउनुपर्ने अवस्था आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics