सबैभन्दा ठूलो पंक्षी अष्ट्रिच (फोटो फिचर)



संसारकै सबैभन्दा ठूलो पंक्षी अष्ट्रिच भनेर हामीले सुन्दै आएका छौं । अष्ट्रिच ठूलो चरा भएकाले ठूलो परिमाणमा मासु उत्पादन गर्न सकिन्छ । नेपालमा वार्षिक ४ अर्बको माछामासु तथा पशुपक्षी आयात हुन्छ ।

astrich2

अष्ट्रिच पालन गर्न सकेमा हामी मासुमा पूर्ण रुपमा आत्मानिर्भर बन्न सकिन्ने विश्वास छ । यहि उदेश्यले २०६५साल देखी अष्ट्रिच पालन सिपी शर्माले सुरु गरेका हुन । उनले रुपन्देही र दाङमा अष्ट्रिच फार्म सञ्चालन गरिरहेका छन् । शर्माले ३० करोडबाट अष्ट्रिच व्यवसाय स्रु गरेका हुन् । अहिले लगानी एक अर्ब नाघिसकेको छ ।

astrich 3
अष्ट्रिचको मासु तीन तहमा वर्गिकरण गरेर बिक्री हुँदै आएको छ । बजारमा अष्ट्रिचको टेन्डरलैन पार्ट प्रतिकेजी २५ सय रुपैयाँ , फल मासु १७ सय र हडि भएको मासु ११ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । अष्ट्रिच ९९ प्रतिशत स्थानिय खानेकुरा र वस्तुहरु प्रयोग गरेर पाल्न सकिन्छ ।

astrich4

अष्ट्रिचको मासुको स्वाद चाखेको नेपालीहरु कमै छन् । यसको मासु नेपालीहरुको भान्सामा खासै पाक्दैन तर अष्ट्रिच र इमो चराको मासु खसी– बोकाको मासुभन्दा स्वाथ र मिठो हुने सिपी शर्मा बताउँछन् । १२ देखी १५ महिनासम्म अष्ट्रिचको मासु खान लायक हुन्छ ।

astrich5

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics