अर्काे महिना देखी देशभर बाघ गणना

आगामी कात्तिक महिनाबाट बाघ गणना गरिने भएको छ । तराई भू–परिधि क्षेत्रमा एउटै पक्रियाबाट अब एक महिना पछि बाट बाघ गणना गरी एक वर्ष भित्रमा नेपालमा बाघको संख्या पत्ता लगाउन लागिएको हो ।

वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणको लागि नेपाल–भारत बिच काठमाडौंमा असोजको दोस्रो हप्ता सम्पन्न भएको स्तरीय बैठकले साझा समस्या र साझा समाधान निकाल्न यस्तो निर्णय गरेको हो ।

वन वनस्पति , जीवजन्तु र जैविक विविधताको संरक्षण र सम्बद्र्धन, विकास र सदुप्रयोगमा नेपाल र भारतको विभिन्न निर्णयहरु गरिएको थियो ।

बैठकमा २०१७ डिसेम्बर सम्ममा केन्द्रिय प्रादेशिक र स्थानीय स्तरमा सम्पर्क अधिकृत तोक्ने, सिमा वारपारका क्षेत्रमा रहेका डल्फिन र घडियालको संयुतm सर्वे गरिने ,जैविकमार्ग पूर्णउत्थानको कार्यलाई निरन्तरता र प्रभावकारी संरक्षण र प्रत्यक्ष रुपमा फिल्डमा काम गर्ने कर्मचारीको क्षमता अभिबृद्धिकाृ कार्यलाई निरन्तरता दिने लगायतका निर्णय गरिएको थियो ।

नेपाल र भारत दुवै देशका प्रतिनिधिले तयार गरेको मस्यौदा समझदारी पत्रलाई छिटो अनुमोदन गरी कार्यान्वयनमा ल्याउन बैठकले जोड दिएको थियो ।

संयुतम प्रतिवेदन जुलाई २०१८ सम्म प्रकाशित गर्ने भएको छ । साथै दुबै राष्ट्रिहरुले डिसेम्बर २०१८ सम्म बाघको फोटोसहित डाटा बेस तयार गर्ने भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics