जग उठाएका भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ता एकैपटक पाउने



भूकम्पपछि पुनः निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका/नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् ।

स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

यो व्यवस्थापछि घरको जग उठाएर दोस्रो किस्ता लिन योग्य भएका घरधनीले दोस्रो किस्ताबापतको रु डेढ लाख र तेस्रो किस्ता बापतको रु एक लाख गरी एकैपटक रु दुई लाख ५० हजार पाउनेछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics