राप्ती किनारमा भेटियो पेट्रोलियम पदार्थ

 

राप्ती नदीको किनारमा पेट्रोलियम पदार्थ रहेको भेटिएको छ । खानि तथा भूगर्भ विभागले गरेको अध्ययनले नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो ।

गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने राप्ती किनारमा पेट्रोलियम पदार्थ रहेको देखिएको विभागका उपमहानिर्देशक सुधीर रजौरले जानकारी दिए ।

केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै स्थानीयले विभागमा जानकारी गराएका थिए । विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिँदै यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरेले बताए ।

उनले भने, 'बगरमा जमिनमुनिबाट निस्किएको ग्यास मिथेन हो कि पेट्रोलियम ग्यास हो भन्ने अध्ययनपछि मात्र यकिन गर्न सकिन्छ ।' तराई र चुरे पर्वत शृंखला पेट्रोलियम ग्यास पाइने क्षेत्रका रूपमा चिनिदै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics