सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट सहयोग

अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडितलाई वितरण गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २५५ जना एकल महिलालाई राहत वितरण गरिएको हो ।

३० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, दुई थानका दरले, नुहाउने र लुगा धुने साबुन र एक थान बालटिनलगायतका राहत सामग्री वितरण गरिएको थियो ।
यस्तै, चारवटा खानेपानी ट्युबवेलसमेत वितरण गरिएको छ भने बाढीबाट स्थानीय हरेराम सिंहको घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले उनको परिवारलाई रु १० हजार आर्थिक सहयोगसमेत गरिएको बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics