सचिव ओलीलाई वन उद्यम प्रवद्र्धन पुरस्कार


नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ नेपालको नवौं महाधिवेशन बुधवारदेखि काठमाडौंमा सुरु भएको छ । वनमन्त्री विक्रम पाण्डेले महाधिवेशनको उद्घाटन गरे । महाधिवेशनमा देशभरबाट तीन सय प्रतिनिधि र पर्यवेक्षक सहभागी भएको अध्यक्ष श्याम सुन्दर ढकालले जानकारी दिए ।महाधिवेशनले तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । महाधिवेशनकै अवसरमा महासंघले वातावरण वन पैदावारको संरक्षणमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई पुरस्कृत र सम्मानसमेत गरेको छ ।

महासंघले वन व्यवस्थापन तथा उद्यम प्रवद्र्धन राष्ट्रिय पुरस्कार वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीलाई प्रदान गरेको छ । पुरस्कारको राशी ५१ हजार १ सय १ रुपैयाँ छ । यस्तै, वन पैदावार उद्धम प्रवद्र्धन पत्रकारिता पुरस्कार कान्तिपुरका वातावरण पत्रकार अब्दुल्लाह मियाँलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २१ हजार १ सय ११ छ ।

 



यस्तै, वातवारण संरक्षण अभियन्ता हेमन्तरँज काफ्ले, व्यवसायीहरु अर्जुन रानाभाट, भीमबहादुर साउद, दिनेश वाग्ले, पन्नाकाजी श्रेष्ठ, ब्रह्मदेव साह र केशव श्रेष्ठलाई पनि सम्मान गरियो । सम्मानित सबैलाई मन्त्री पाण्डेले सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएका थिए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics