साथीलाई जिउँदै पुर्ने तस्कर खोजीको त्यो रात

A+ A-

 

‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  १६औं अंश – 


(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)



सिकारी पक्रन तस्कर


वीरमान प्रजा र उसको बयानका आधारमा पक्राउ परेको केदार गिरीको भनाइ अनुसार पर्सा, छतिवनको दिलबहादुर विक खुँखार सिकारी थियो। ऊ सानैदेखि बन्दुक चलाउन सिपालु भएकाले उसको नामै ‘सिकारी कामी’ रहन गएको थियो। उसलाई सबैले यसै नामबाट चिन्थे। उसको अचुक निसानाका कारण आर्मी अफिसर, जमिनदार लगायत ठूलाबडाले सिकार खेल्न उसलाई आफ्नो साथमा लैजान्थे। ऊ सिकारी कामबाटै जीविकोपार्जन गथ्र्यो र यसै क्रममा दुइटी श्रीमती पनि भित्राएको थियो। सिकारी कामीलाई पक्रन कारागारबाट वीरमानलाई पनि सँगै लिएर हामी २०६१ फागुनको एक बिहान एघार बजेतिर हेटौँडातर्फ लाग्यौँ। वीरमानले ‘हेटौँडामा ठूलो मान्छे छ, पक्रन सक्नुहुन्छ कि सक्नुहुन्न’ भनेको मान्छेको घर कहाँ रहेछ त्यो पनि हामीलाई हेर्नु थियो। उसले भने बमोजिम हामी हेटौँडाको टीसीएन रोडमा पुग्यौँ र दक्षिणतर्फको बाटो छाडेर पूर्वतर्फ लाग्यौँ, सीमा लजतर्फ। तीस मिटरजति पूर्व गएपछि उसले भनेको घर आयो।


२०५८ सालमा वीरमानलाई ग्याम्जोले कारमा चढाई त्यही घरमा ल्याएको रहेछ। कार कम्पाउन्डभित्र पसेपछि उसलाई बाहिरै छाडेर ग्याम्जो घरभित्र पसेछ। कोठामा भेस्ट लगाएर बसेको, मोटो–मोटो, पावरवाला चस्मा लगाएको, ठकुरीको जस्तो मोहडा भएको गहुँगोरो मान्छे रहेछ। उसलाई ग्याम्जोले नमस्कार गरेछ र उनीहरुबीच केही कुराकानी भएछ। अनि त्यो मान्छेले आफ्ना दुई छोराहरुलाई वीरमानलाई बन्दुक दिएर घरपछाडि लिचीको रुख भएको बगैँचामा लगेर निसाना हान्न लगाउनू भनी अ¥हाएछ । त्यस दिन वीरमानले स्वचालित बन्दुक पहिलो पटक चलाएको रहेछ। उसले निसाना लगाएपछि ‘ठीकै रहेछ’ भन्यो रे त्यो मान्छेले। त्यसपछि त्यो बन्दुक लिएर ग्याम्जो र वीरमान नारायणगढ फर्केछन्। ग्याम्जोले गैँडा मार्न भनेर बन्दुक वीरमानलाई दिएछ। तर भरूवा बन्दुकमा हात बसेको वीरमानलाई स्वचालित हतियार चलाउन असजिलो भएछ र दुई–चार दिनपछि बन्दुक उसले ग्याम्जोलाई नै फिर्ता दिएछ। वीरमान भन्थ्यो— त्यो बन्दुकबाट उसले गैँडा वा अन्य कुनै जनावर मारेन। यसले के देखाउँछ भने तस्करहरु त्यति बेला गैँडा मार्न स्वचालित हतियार प्रयोग गर्न खोज्दै थिए। तर सिकारीहरु भरूवा बन्दुक चलाउने बानी परेका कारण त्यसो हुन पाएन। तस्करहरु गैँडा मार्न पहिले विष र खाल्डो प्रयोग गर्ने गर्थे। त्यसरी गैँडा मार्न महिनौँ लाग्ने, खाल्डामा पर्न धेरैकुर्नुपर्ने, गस्तीले खाल्डो पुरिदिने, कुर्न बस्दा देख्ने आदि कारणबाट छिटो गैँडा मार्नका लागि भाला प्रयोग हुन थाल्यो, २०५३/५४ सालतिर।


यदाकदा निकुञ्जकै हात्तीसारका कर्मचारीहरुले पनि हात्तीले ठेलेर गैँडा खाल्डामा पार्ने, हात्तीले घेरेर भाला हानी मार्ने गरेको पाइएको छ। अमृते भन्ने ठाउँमा हात्तीले धकेल्न लगाएर खाल्डामा पारी गैँडा मारेको अभियोगमा हात्तीसारेहरुलाई कारबाही गरियो भने भालाले गैँडा मार्ने हात्तीसारका मण्डल महतो, भदै महतोहरु जेल परे। टु चेन (खुट्टा अड्काउने पासो) प्रयोग गरी मार्ने प्रचलन पनि २०५५/५६ सालसम्म विद्यमान थियो। गाउँलेहरुले करेन्ट लगाउँदा पनि केही गैँडा मरेका छन्। २०५८ सालमा वीरमानमार्फत स्वचालित हतियार प्रयोग गर्ने जमर्को सफल नभए पनि पछि मार्को पोलो भन्ने घरायसी, तर एसएलआरको गोली लाग्ने बन्दुक शिखारामको छोरो भगरा अर्थात भगीरथ महतोको गु्रपले भारतबाट ल्याएर प्रयोग गरेको थियो। त्यस्तै हरि विकको ग्रुपले टाइगर टप्सको टेन्टेड क्याम्पनजिकै गैँडा मार्न स्वचालित बन्दुक प्रयोग गरेको देखिन्छ।


हेटौँडाको त्यो घर हेरेपछि हामी पर्सा वन्यजन्तु आरक्ष गयौँ र त्यहाँबाट दुई जना स्टाफ लिएर बाराको जितपुर बजार हुँदै बगुवनतर्फ लाग्यौँ। बाटामा एउटा खोलो थियो। त्यही खोलामा माओवादी एम्बुसमा परेर सात प्रहरी ठहरैभएका थिए, दस दिनअगाडि। गाडी मैले चलाइरहेको थिएँ। हामीलाई पनि सुरक्षाकर्मी सोचेर कतै ‘ब्रह्मास्त्र’ चलाउने हुन् कि भनेर डराउँदै अगाडि बढ्यौँ। हामी बगुवनको इलाका वन कार्यालय पुग्दा कर्मचारीहरु दङ्ग पर्नुभयो। छतिवनमा उहाँहरुको रेन्जपोस्ट थियो र पोस्टको अगाडि नै सिकारी कामीको घर थियो। तर हामी त्यस बेला सोझै त्यहाँ जानु भनेको खतरा मोल्नु थियो। त्यो माओवादीको पकड क्षेत्र थियो र त्यहाँ गएर मान्छे समाउनु भनेको फलामको चिउरा चबाउनुसरह र मृत्युसँग खेल्नुजत्तिकै कठिन थियो। उहाँहरुले त्यहाँ नजान सल्लाह दिनुभयो र हामी त्यति बेला त्यहीँबाट फर्कियौँ।


२०६२ वैशाख ९ गते मैले सुराकी महावीर चौधरी र मुखिया रामचन्द्र श्रेष्ठलाई पर्सा वन्यजन्तु आरक्षसँग समन्वय गरी सिकारी कामीलाई पक्राउ गर्न खटाएँ। सम्पूर्ण तारतम्य मिलिसकेपछि महावीर राति उसको घरनजिकैको जङ्गलमा सुत्नुभएछ। आरक्षबाट गएका सह–सेनानीले माओवादीलाई खोजेको बहाना बनाएर त्यहाँ भएका सबैलाई जम्मा पारेछन् र सबैको नागरिकता देखाउन भनेछन्। सिकारी कामीले पनि माओवादी खोज्न आएका होलान् भन्ठानेर आफ्नो नागरिकता देखाएछ। दिलबहादुर विक नाम भएको नागरिकता देखेपछि उसलाई पक्राउ गरेछन्। सायद यो तरिका अवलम्बन नगरेर अरुसँग ‘सिकारी कामी को हो ।


मैले कसरा फर्केपछि हामीले हेटौँडामा हेरेको त्यो घर कसको थियो भनेर बुझ्न टीसीएन रोडकै एउटी बहिनीलाई फोन गरेँ। उनले त्यो घर लक्ष्मण केसीको हो भन्ने जानकारी दिइन्। पावरवाला चस्मा लगाउने, मोटो–मोटो, गहुँगोरो, ठकुरीको जस्तो मोहडा भएको मान्छे त्यही रहेछ। बाहिर देखाउनका लागि ठेक्कापट्टा गर्ने त्यो मान्छे ग्याम्जोको पनि गुरू थियो किनभने ग्याम्जोले उसलाई नमस्कार गरेको थियो। मैले काठमाडौँबाट एउटी भोटिनीले हेटौँडा आई खाग लैजान्छे भन्ने सूचना पाएको थिएँ। खाग र अन्य वन्यजन्तुको आखेटोपहार बेचबिखन गर्ने हैटौँडाको नामुद तस्कर दीपक सिंह हो भन्ने पनि मसँग जानकारी थियो।


नरबहादुर पक्राउ परेपछि बमबहादुर प्रजासँग मिलेर दिव्यपुरीमा गैँडा मार्ने व्यक्तिहरु गाउँबाट भाग्न थालेछन्। तीमध्ये अशोक बोटे र वेदबहादुर बोटे पनि थिए। अशोक दिव्यपुरी पोस्ट हुदै माछा मार्न जान्छ भन्ने खबर आयो। त्यसपछि हामी पोस्टमा गएर बस्यौँ र माछा मारी फर्कन लाग्दा उसलाई समात्यौँ, माछा मार्ने लाइसेन्स नलिएको निहुँ देखाएर। तर सोधपुछ गर्दा उसले खासै केही बताएन। यथेष्ट प्रमाण पनि नभएकाले उसलाई छाडिदियौँ। अशोकको दाजु वेदबहादुरलाई दलदले बजारबाट दुई महिनाअगाडि हाम्रो साथीले कावासोतीको सेना लगाएर समात्न लगाएको रहेछ। सेनाले लगेर सोधपुछ गर्दा ‘मैले अरु त केही गरेको छैन; एक पटक गैँडा मारेर पचास हजार रूपैयाँ लिएको थिएँ, त्यत्ति हो’ भनेको रहेछ। त्यति बेला सैनिकले हामीसँग सम्बन्धित होइन रहेछ भनेर छाडिदिएछन्। त्यसबारे हामीलाई कुनै जानकारी पनि दिएनन्। वेदबहादुरलाई समात्न रक्सी खाइरहेका बेला ठीक हुन्छ भनिएको थियो। वैशाख १२ गते ऊ भट्टीमा रक्सी खाँदै छ भन्ने सूचना पाएर त्यहाँ गयौँ र उसलाई पक्रेर ल्यायौँ। सोधपुछ गर्दा बमबहादुर प्रजाले उसको घरमा बसेर गैँडा मार्ने गरेको र त्यसबापत पचास हजार रूपैयाँ दिएको थाहा भयो। त्यसपछि उसलाई पुर्पक्षका लागि थुनामा पठायौँ।


 जिउँदै पुरेछन् साथीलाई


२०५४/५५ सालतिर पुरानो पदमपुरमा गैँडा मार्न जाँदा सिकारीहरुले आफ्नै समूहका एक जनालाई मारेका रहेछन्। गैँडा लखेट्दै जाँदा बन्दुक बोकेको सिकारीको खुट्टा खाल्डामा परी भरेको बन्दुक अचानक पड्किएर गोली रुखमा लागी फर्किएछ र हठना दराई घाइते भएछ। उसलाई बोकेर ल्याउँदै गर्दा बाटामा अर्को सिकारी साथीले सोचेछ— यसलाई लैजाँदा हामीलाई पनि पक्रन्छ; त्यसैले यहीँ मारिदिऊँ। सबै साथीको सल्लाह मिलेछ र जिउँदै त्यहीँ खाल्डामा पुरेर हिँडेछन्। सँगै गएका सबै साथी फर्के पनि आफ्नो श्रीमान् घर नफर्केपछि हठनाकी श्रीमती उनीहरुलाई सोध्न गइछ, ‘मेरो श्रीमान् खोइ’ भनेर। उनीहरुले उसलाई अलिअलि पैसा दिएर ‘भारत गएको छ; पछि आउँछु भन्दिनू भनेको छ’ भनेर झुक्याएछन्। उसले पनि त्यो कुरा पहिले त पत्याइछ तर धेरै समयसम्म चिठी पनि मान्छे पनि नआएपछि सोधखोज गर्दै जाँदा साथीहरुकै हातको गोली खाएर श्रीमान्को ज्यान गएको थाहा पाइछ।


त्यसपछि उसले प्रहरीमा जाहेरी दिइछ तर प्रहरीले कसैलाई पनि पक्राउ गरेको रहेनछ। यसैबीच चितवनको कोराक गाविस, डुम्रे खाडी बस्ने जुम्ले कान्छालाई गैँडा चोरी सिकारको अभियुक्तका रुपमा पन्ध्र वर्ष जेल सजाय तोकिएको थियो। ऊ पक्राउ भने पर्न सकेको थिएन। भण्डारातिरका हाम्रा एक जना स्वयंसेवी सुराकीले त्यो मान्छे भण्डारामा नौलानौला दुई जना मान्छे लिएर हिँड्न थालेको र प्यारीढापतर्फ जाने गरेको खबर दिइरहनुभएको थियो। त्यसबाट मलाई पक्कै पनि जुम्ले पुनः सक्रिय हुदै छ र गैँडा मार्न जाने सल्लाह गर्दै छ भन्ने लागेको थियो। २०६२ वैशाख १९ गते बिहान साढे आठ बजेतिर खबर आयो— रूम्बा साइँलो भण्डारामा सामान खरिद गर्दै छ। म श्रीमतीको डेलिभरी हुने समय नजिक आएकाले भरतपुरमा हस्पिटलनजिकै डेरा लिएर बसेको थिएँ। तत्कालै श्रीमतीलाई ‘तिमी खाना खानू है’ भनेर गाडी लिएर हिँडेँ।


मैले फोनबाटसौराहाका केही स्टाफहरुलाई टाँडी बोलाएको थिएँ। गेमस्काउट लप्टन थारु र एक जना हात्तीसारे मात्र आएका रहेछन्। सेनासँग कुरा गर्दा धेरै समय लाग्ने र तुरून्तै भण्डारा नपुगे ऊ किनमेल सकेर घर फर्कने हुँदा म सेनालाई बोलाउने बाटोतिर लागिनँ। टाँडीबाट साथीहरुलाई लिएर दु्रत गतिमा भण्डारा पुगेँ र गाडी एकातिर राखेर सुराकीलाई भेटेँ। उहाँले मलाई मान्छे देखाइदिनुभयो। ऊ त्यति बेला भण्डारा बजारको उत्तरपट्टिको पसलमा भारी बोक्ने नाम्लो छान्दै थियो। मैले साथीहरुलाई मेरो पछिपछि आउन भनेँ र उसको ठीक पछाडि पुगेर नम्र स्वरमा ‘जुम्ले कान्छा दाइहोला। अन्यथा, हामी निहत्था छौँ भन्ने थाहा पाएको भए त ऊ हामी सबैलाई क¥याककुरूक पारेर सुइँकुच्चा ठोक्न सक्ने बल भएको मान्छे रहेछ। दुई–तीन दिनपछिसम्म पनि उसले ‘म जुम्ले कान्छा होइन’ भनिरहेपछि मैले मुभी क्यामरामा उसको केही क्लिप खिचेँ र स्टिल क्यामरामा फोटो पनि। त्यो लिएर म भण्डारा पुगेँ। मैले त्यहाँ हठना दराईकी श्रीमतीलाई बोलाउन लगाएको थिएँ। उनलाई मैले क्यामराको क्लिप र फोटो देखाएर सोधेँ– ‘यो को हो


निकुञ्जका  कर्मचारी, गैँडा विशेषज्ञदेखि सम्पूर्ण कर्मचारीको जमघट थियो त्यहाँ। भाषण बाजीपछि गाना बजाना चल्यो। लोकगीतको रौनकमा सबै जना पालैपालो कम्मर मर्काईमर्काई नाचे। साँझ साढे सात बजेतिर खाना खाएर फर्कने क्रममा म धु्रवा पोस्टतर्फको बाटो समातेर कसरातिर लागेँ। धु्रवा पोस्ट सुखीभारदेखि चार–पाँच किलोमिटरपूर्व र त्यहाँबाट कसरा तीन किलोमिटरपूर्वमा छ। यसैबीच ध्रुवा पोस्टदेखि करिब डेढ किलोमिटर टाढा जङ्गलमा बन्दुक पड्केछ। दर्जनौँ गाडी त्यो बाटो हिँडे तर कसैले केही सुनेनछन्। पोस्टका कर्मचारीहरुले बन्दुक पड्केको सुनियो भनेपछि सेनाको गाडीले कसराबाट धु्रवातिर एक राउन्ड लगाएछ तर केही सुइँको पाएनछ।


भोलिपल्ट वैशाख १ गते नयाँ वर्ष २०६२ को शुभकामना आदानप्रदान हुँदै थियो, धु्रवा पोस्टनजिकै गन्हाउने घोलमा गैँडा मरेको भेटियो भन्ने खबर आयो। म गाडी लिएर त्यसतर्फ गएँ। निकुञ्जमा अवैध रुपमा पात टिप्न गएका महिलाहरुले देखेर स्टाफहरुलाई खबर गरेका रहेछन्। म लास भएको ठाउँमा पुग्दा पोस्टमार्टमको टोली पुगिसकेको थियो। गोली खोज्न गैँडाको शरीर काट्दै जाँदा ते¥ह–चौध महिनाको बच्चा पेटमा मृत अवस्थामा भेटियो। त्यो देखेर मेरा आँखा रसाए। गोली बच्चाको ठीक माथि पट्टिबाट गएर माउ गैँडाको मुटुमा लागेको रहेछ। रडको गोली भेटिएकाले भरूवा बन्दुक प्रयोग भएको भन्ने यकिन भयो।


मैले ती सिकारीहरुबारे पत्ता लगाउन निकै प्रयत्न गरेँ। सुराकीहरु लगाएँ, तर केही टुङ्गो लागेन। मेरो प्रयत्न जारी नै थियो। आज जुम्ले कान्छाले मेरो अन्योल निवारण गरिदियो। त्यो गैँडा उसैले मारेको रहेछ। उसलाई शेरबहादुर तामाद्धले ध्रुवामा ल्याई पाँच–सात दिन नयाँ बस्तीको सुमन तामाद्धको घरमा राखेर गैँडा मार्न लगाएको रहेछ। गोली लागेपछि गैँडा भागेछ। गाडीको ओहोरदोहोर र हेडलाइटका कारण त्यस दिन उनीहरु पनि भागेछन् र भोलिपल्ट आएर खाग निकाली लगेका रहेछन्। त्यो खाग पछि काठमाडौँ, डल्लु बस्ने तामाद्ध थरको मान्छेलाई बेचेछन्। त्यो खाग तामाद्धले कर्मा लामालाई दिएछ र कर्माले याक्चेकी श्रीमतीलाई दिएको रहेछ।


 

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics