वातावरण पत्रकार ढकाल पुरस्कृत

वातावरण पत्रकार प्रगति ढकाललाई वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल वातावरण पत्रकार समुह (नेफेज) ले आफ्नो ३२ औं साधारण सभाको अवसर परेर ढकाललाई पुरस्कृत गरेको हो । ढकाल हाल कारोवार दैनिकमा अवद्ध छिन् ।

पत्रकारिता मार्फत वन तथा वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै ढकाललाई पुरस्कृत गरिएको छ । नेफजले हरेक बर्ष वातावरण क्षेत्रमा उत्कृठ समाचार संकलन गर्नेहरुलाई पुरस्कार प्रदान गर्दै आईरहेको छ ।

ढकाल पुरस्कृत हुनेमा अहिलेसम्मकै पहिलो महिला पत्रकार पनि हुन् । ईन्डोनेशिया, फ्रान्स, मरक्को लगायतका विभिन्न देशहरुमा वातावरण सम्बन्धि सम्मेलन तथा तालिममा भाग लिईसकेकी ढकालले यसअघि ‘मिडिया कन्जरभेसन अवार्ड’, ‘सामुदायिक वन राष्ट्रिय पत्रकारिता पुरस्कार’ तथा अन्य सम्मानहरु पनि प्राप्त गरिसकेकी छिन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics