जुम्लामा जलवायु बहस

हिमाली र पर्वतीय क्षेत्रका मुद्दाबारे छलफल गर्न जलवायु परिवर्तनविज्ञहरु आइतबारदेखि जुम्लाको खलंगामा भेला भएका छन् ।
वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुसंगको सहकार्यमा आयोजना गरेको दुई दिने सम्मेलनमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेका असरबारे गम्भीर बहस सुरु  भएको छ ।

सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विभिन संघ संस्थाका विशेषज्ञ र सरोकारवालाहरु सहभागी छन् । दुई दिने सम्मेलनको वातावरणमन्त्री मिथिला चौधरीले आइतबार उद्घाटन गरिन् । उद्घाटनका क्रममा उनले नेपालले विगतदेखि नै जलवायु परिवर्तनले हिमाली र पर्वतीय क्षेत्रमा पारेको असरबारे विभिन्न तरिकाले विश्व समुदायको ध्यानाकर्षण गराउदै अँएको बताइन् ।

कोप १५ अघि सरकारले सगरमाथाको कालापत्थरमा मन्त्रीपरिषद्को वैठक गरेर हिमालय क्षेत्र पग्लिएको सन्देश दियो उनले भनिन्, जुम्लाको यो कार्यक्रमले पनि हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरबारेविश्वको ध्यान खिच्ने विश्वास छ । मन्त्रालयले राष्टिय र अन्तराष्टिय फोरमहरुमा जलवायु परिवर्तनले हिमाल, पर्वत, कृषी, खँद्य सुरक्षा र स्वच्छ पिउने पानीको स्रोतमा परेको असरबारे ध्यानाकर्षण गराउदै आएको उनले बताइन् ।

मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले पर्वतीय क्षेत्रका मुद्दाबारे वकालत गर्न थालेको धेरै वर्ष भए पनि जलवायु परिवर्तनसम्वन्धि सम्मेलनभित्र (कोपमा) यो विषयले प्रवेश पाउन नसक्नु दुःखद भएको बताए । तर, दुई महिना अघि क्यानडामा भएको जलवायु परिवर्तनसम्वन्धि महासन्धि (यूएनएफसीसीसी) को अन्तरसकारी वैज्ञानिक निकायको ४६ औं वैठकले गरेको हिमाली र पर्वतीय क्षेत्रमा परेका असरबारे वैज्ञानिक अध्ययन गरी पर्वतीय क्ष्ँेत्रका मुद्दाबारे अलग्गै परिच्छेदसम्वन्धि प्रतिवेदन तयार गर्ने निर्णय स्वागतयोग्य भएको ओलीले उल्लेख गरे ।

आइतबार विभिन्न विशेषज्ञले जलवायु परिवर्तनका विविधि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोमबारसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तन, खाद्य सुरक्षा, स्वच्छ पानीको स्रोतमा परेका र पर्न सक्ने असर तथा त्यसको न्युनीकरणका लागि चाल्नुपर्ने कदमबारे छलफल जारी छ । सोमबार जुम्ला घोषणा पत्र जारी गर्दै सम्मेलन सकिने आयोजक किर्डाकका कार्यक्रम निर्देशक गोविन्दबहादुर शाहीले बताए ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics