पुनहिलमा सार्वजनिक शौचालय

म्याग्दीको पर्येटकीयस्थल अन्नपूर्ण गाउँपालिक–६को पुनलिमा तीन वटा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ ।अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीका पहलमा १७ लाखको लागतमा निर्माण कार्य शुरु भएको हो । भ्रमणमा आउने पर्यटक र होटल व्यवसायी जुटेर शौचालय निर्माण कार्य शुरु भएको छ ।

पर्यटकको आवास सुविधाको लागि घोडेपानीमा दैनिक ७०० जना क्षमताको २२ वटा होटलहरु सञ्चालनमा छन् । असोज –कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम हो । पुस–माघमा हिउँ खेल्न र चैत–वैशाखमा पाखाभरी ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको थप आकर्षण हो ।घोडेपानीदेखि पुनहिल जाने पदमार्गको प्रवेशद्वार, नेपाल टेलिकमको टावर रहेको डाँडा र पुनहिल परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको छ । आगामी चैत महिनाअघि नै सार्वजनिक शौचालय निर्माण गरिसक्ने लक्ष्य छ ।घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै दृष्य अवलोकनका लागि पुनहिल जाने गर्छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics